उच्च जोखिमयुक्त गर्भावस्था: कारण, संकेत र रोकथाम

गर्भावस्था जीवनको एक महत्वपूर्ण र खुशीको समय हो। तर कहिलेकाहीँ केही स्वास्थ्य अवस्था वा जीवनशैलीका कारण गर्भावस्था जोखिमयुक्त (High-Risk) हुन सक्छ।

  • सही जानकारी र समयमै हेरचाहले धेरै जोखिम घटाउन सकिन्छ।

High-Risk Pregnancy का मुख्य कारणहरू

  • मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता पुराना रोग

  • ३५ वर्ष भन्दा माथिको उमेर

  • धूम्रपान, मदिरा सेवन

  • जुम्ल्याहा वा बढी बच्चा

  • अघिल्लो गर्भमा समस्या भएको इतिहास


खतराका संकेतहरू

यी लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जानुहोस्:

  • पेट दुखाइ वा रक्तस्राव

  • बच्चाको चाल कम हुनु

  • टाउको धेरै दुख्नु वा चक्कर लाग्नु

  • ज्वरो आउनु

  • सास फेर्न गाह्रो हुनु

  • शरीर धेरै सुन्निनु


High-Risk Pregnancy रोक्ने ४ उपाय

1. सन्तुलित आहार

  • हरियो सागसब्जी, फलफूल, दाल, दूध

  • आइरन, क्याल्सियम, फोलिक एसिड आवश्यक


2. हानिकारक बानी त्याग्नु

  • धूम्रपान, मदिरा, ड्रग्स पूर्ण रूपमा बन्द गर्नु

3. तौल नियन्त्रण

  • डाक्टरको सल्लाह अनुसार उचित तौल बढाउनु

4. नियमित जाँच (ANC Visit)

  • नियमित स्वास्थ्य जाँच

  • समस्या छ भने समयमै उपचार


थप सुझाव

  • दैनिक हल्का exercise

  • पर्याप्त आराम

  • मानसिक तनाव कम गर्नु


निष्कर्ष

High-risk अवस्थामा डाक्टरसँग closely follow-up गर्नु आमा र बच्चाको सुरक्षाका लागि महत्त्वपूर्ण हुन्छ।