पिरियडको बेला हुने दुखाइ — के सामान्य? के असामान्य?

एउटा किशोरीका लागि सबैभन्दा धेरै चिन्ता लाग्ने कुरा नै यही हो—“दुखाइ कति सामान्य हो?” र कुन असमान्य हो?

सामान्य लक्षण
• हल्का वा मध्यम पेट दुखाइ
• कम्मर दुख्ने
• थकान
• हल्का mood changes
असामान्य लक्षण (ध्यान दिनुपर्ने)
• अत्यधिक पेट बिथोलिने जस्तो दुखाइ
• धेरै रगत बग्ने (एक घण्टामा नै प्याड पूर्ण भिज्ने)
• चक्कर आउने वा बेहोस जसरी महसुस हुनु
• एकदमै लामो समय (७ दिनभन्दा बढी) महिनावारी
असामान्य लक्षण देखिएमा तुरुन्तै एपमा उपलब्ध नजिकको अस्पताल/ सहयोग जानकारी उपयोग गर्न सकिन्छ।