नवजात शिशुलाई किन पानी नखुवाउने?

कतिपय अभिभावकहरूलाई “बच्चालाई कहिलेदेखि पानी खुवाउने?” भन्ने अन्यौल हुन्छ।

६ महिनासम्म शिशुलाई केवल आमाको दूध (Exclusive Breastfeeding) नै पर्याप्त हुन्छ।
१. आमाको दूधमै पर्याप्त पानी हुन्छ

  • आमाको दूधमा करिब ८०–९०% पानी हुन्छ
  • बच्चालाई छुट्टै पानी आवश्यक पर्दैन
    २. पानीले पोषणमा असर गर्छ
  • पानीले पेट भरिन्छ
  • बच्चाले दूध कम खान्छ
  • तौल नबढ्ने वा घट्ने जोखिम हुन्छ
    ३. संक्रमणको जोखिम
  • असुरक्षित पानीले diarrhea र infection गराउन सक्छ
  • नवजात शिशुमा यो झन् खतरनाक हुन सक्छ
    ४. Water intoxication को खतरा
  • धेरै पानीले शरीरको sodium level घटाउँछ
  • यसले दिमागमा असर (seizure समेत) गर्न सक्छ
    ५. स्तनपानमा असर
  • पानीको बानीले बच्चाले आमाको दूध कम रुचाउन सक्छ
  • breastfeeding pattern बिग्रिन सक्छ
    ६. महत्वपूर्ण
  • ६ महिनाभन्दा अघि पानी दिनु हुँदैन
  • ४ महिनामा पानी सुरु गर्ने सिफारिस सही होइन
    ७. कहिले पानी सुरु गर्ने?
  • ६ महिनापछि (जब ठोस खाना सुरु हुन्छ)
  • सुरुमा २–३ चम्चाबाट दिनु
  • बिस्तारै मात्रा बढाउँदै लैजानु