म के खाऊँ जसले मेरो बच्चा स्वस्थ र बलियो होस्?

यो प्रश्न धेरै आमाहरूले सोध्नुहुन्छ
र साँचो कुरा के हो भने
एउटा मात्र खानेकुराले होइन, सन्तुलित खानाले बच्चाको राम्रो विकास हुन्छ
गर्भावस्था भनेको केवल पेट भर्ने समय होइन
यो त आफ्नो भित्र हुर्किरहेको सानो जीवनलाई पोषण दिने समय हो
तपाईंको प्लेटमा के हुनुपर्छ ?

  • प्रोटिन (बच्चाको growth का लागि)
    अण्डा, दाल, चना, सिमी, मासु वा माछा
    यसले बच्चाको शरीर बनाउन मद्दत गर्छ
  • क्याल्सियम (हड्डी र दाँत बलियो बनाउन)
    दूध, दही, पनिर
    आमा र बच्चा दुवैका लागि आवश्यक
  • सुक्खा फल (energy र brain development)
    बदाम, काजु, ओखर
    सानो मात्रा तर ठूलो फाइदा
  • फलफूल र हरियो सागसब्जी (vitamins)
    केरा, स्याउ, सुन्तला, साग
    immunity र overall health का लागि
    साना तर महत्वपूर्ण बानीहरू
  • थोरै–थोरै गरेर दिनमा ५–६ पटक खानुहोस्
  • दिनभरि २–३ लिटर पानी पिउनुहोस्
  • सकेसम्म घरको ताजा खाना रोज्नुहोस्
  • सुत्दा बायाँ करवट सुत्ने बानी बसाल्नुहोस्
    के कम गर्नु राम्रो ?
  • धेरै गुलियो, नुनिलो र जंक फुड
  • कोल्ड ड्रिङ्क्स र प्याकेटका पेय पदार्थ
    सबैभन्दा महत्वपूर्ण कुरा
  • Iron, Calcium र Folic acid नियमित लिनुहोस्
  • नियमित गर्भ जाँच (ANC visit) गर्न नबिर्सनुहोस्
    आमा स्वस्थ भए मात्र बच्चा स्वस्थ हुन्छ
    तपाईंको सानो ध्यानले भोलिको ठूलो खुशी बनाउँछ