जति प्रयास गर्दा पनि गर्भ बस्दैन ? किन हुन्छ यस्तो समस्या

बाँझोपन (Infertility) के हो ?
१ वर्षसम्म कुनै पनि परिवार नियोजन बिना नियमित सम्बन्ध हुँदा पनि गर्भ नबस्नु
बाँझोपनका प्रकार

  • प्राइमरी – कहिल्यै गर्भ नबस्नु
  • सेकेन्डरी – एकपटक बसेपछि फेरि नबस्नु
    मुख्य कारणहरू
    महिलामा
  • अण्डा नबन्नु वा कम हुनु
  • पाठेघरको नली (ट्युब) बन्द हुनु
  • पाठेघरमा फाइब्रोइड / मासु पलाउनु
  • इन्फेक्सन (TB, अन्य संक्रमण)
  • थाइराइड समस्या
  • धेरैपटक गर्भपतन
    पुरुषमा
  • शुक्रकीट कम वा कमजोर हुनु
    कसरी गर्भ बस्छ ?
    -महिनावारी भएको १४–१८ दिनमा अण्डा बन्ने
    -त्यस समयमा सम्बन्ध भएमा अण्डा + शुक्रकीट मिलेर गर्भ बन्ने
    के गर्ने ?
  • स्त्रीरोग विशेषज्ञसँग जाँच गराउने
  • आवश्यक टेस्ट (जस्तै AMH) गर्ने
  • इन्फेक्सन भए उपचार गर्ने
  • जीवनशैली सुधार गर्ने
    उपचार विकल्प
  • औषधिबाट अण्डा बन्न सहयोग
  • शुक्रकीट सुधार उपचार
  • IUI (कृत्रिम गर्भाधान)
  • IVF (Test Tube Baby)
    महत्वपूर्ण सन्देश
    • बाँझोपन महिला मात्रको समस्या होइन

    • पुरुष र महिला दुवैमा बराबर कारण हुन सक्छ

    • समयमै जाँच र उपचारले समाधान सम्भव छ