महिलाहरूमा कहिलेकाहीँ योनी चिलाउने समस्या देखिन सक्छ। तर बारम्बार चिलाउने, पोल्ने वा असहज हुने समस्या भएमा त्यसलाई बेवास्ता गर्नु हुँदैन। यो प्रायः सरसफाइको कमी, संक्रमण वा अन्य स्वास्थ्य कारणले हुन सक्छ।
योनी चिलाउनुका
मुख्य कारण
- यिस्ट (ढुसी) संक्रमण – योनी वरिपरि सेतो दही जस्तो पदार्थ देखिनु, चिलाउनु र रातोपन आउनु।
- यौन संक्रमण (STI) – असुरक्षित यौन सम्पर्कका कारण।
- सुख्खा छाला – शरीरमा पानीको कमी वा छाला सुख्खा हुँदा।
- सरसफाइको कमी – यौन अंग राम्रोसँग सफा नगर्दा।
- मधुमेह (Diabetes) भएका महिलामा संक्रमणको सम्भावना बढी हुन्छ।
- तनाव वा हर्मोन परिवर्तन (जस्तै: महिनावारी बन्द हुने समय)।
बच्ने उपाय - यौन अंग सधैँ सफा र सुख्खा राख्ने।
- दैनिक पेन्टी परिवर्तन गर्ने।
- नाइलनको पेन्टी भन्दा कपास (Cotton) को प्रयोग गर्ने।
- असुरक्षित यौन सम्पर्क नगर्ने।
- समस्या निको नभएसम्म यौन सम्पर्क नगर्ने, आवश्यक परे कन्डम प्रयोग गर्ने।
- पर्याप्त पानी पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिने।
यदि चिलाउने समस्या लामो समयसम्म रहिरहेमा, सेतो पानी धेरै आउने, गन्ध आउने वा दुखाइ हुने जस्ता लक्षण देखिएमा स्वास्थ्यकर्मी वा डाक्टरसँग परामर्श गर्नु आवश्यक हुन्छ।