गर्भावस्थामा सन्तुलित आहार निकै महत्वपूर्ण हुन्छ । पोटेशियम, भिटामिन, फाइबर प्रशस्त मात्रामा पाइने फलफूल जस्तै स्याउ, केरा, एवाकाडो, सुन्तला, प्रोटीनयुक्त दाल, अण्डा, मासु, पनीर, भिटामिन र मिनिरल्सयुक्त साग , गाँजर, ब्रोकली, बन्दागोबी र कार्बोहाइड्रेटयुक्त अन्न जस्तै गहुँ, सूजी, कोदो , फापर, आदिको सहि मात्रामा सेवन गर्नु बच्चा र आमाको स्वस्थको लागि फल्दाही हुन्छ।
