एउटी महिला आमा बन्दै गर्दा
उनी केबल खुसि मात्र हैन जिम्मेवार पनि बनेकि हुन्छिन।
उनको दिनचर्या बिस्तारै बदलिदै जान्छ।
उनको शरिर बदलिदै जान्छ।
बिस्तारै साहस बढाउदै, भर खोज्दै डर भाग्छ।
उनको निद्रा हराउछ।
आराम हराउछ।
खानाको स्वाद हराउछ।
बिस्तारै आफैलाई हराउदै जान्छिन।
तर पनि-
उनि गुनासो गर्दिनन्
किनकि उनि आमा बन्दै छिन।
उनको गर्भ भित्र संसार रहेको छ।
उनि त्यहि गर्भ भित्रको संसार संझदा आफुलाई हराउछिन।
कहिले छिटै शरिर थाक्छ,
कहिले वाकवाकी लाग्छ,
कहिले रिस उठ्छ त।
कहिले खुसिले दङ्ग हुन्छिन
किनकि उनि आमा बन्दै छिन