गर्भावस्थामा उच्च रक्तचाप भएमा नियमित रूपमा रक्तचाप जाँच गर्न आवश्यक छ। यदि १२०/८०mmHg भन्दा बढी भएमा चिकित्सकको सल्लाह लिनुपर्छ। स्वस्थ जीवनशैली अपनाउन नुन कम खानु, सन्तुलित आहार लिनु, प्रशस्त पानी पिउनु, हल्का व्यायाम गर्नु, र तनाव कम गर्नु आवश्यक छ। साथै, अत्यधिक टाउको दुख्ने, आँखामा धमिलो देखिने, अनुहार र हात सुन्निने, , वा पेटमा बच्चाको चाल कम महसुस भएमा तुरुन्तै अस्पताल जानुपर्छ। यदि रक्तचाप धेरै उच्च भएमा, स्वास्थ्यकर्मीको सल्लाह अनुसार आवश्यक कदम चाल्नुपर्छ।