५ हप्ताको भ्रूणको विकास

  • आकार लगभग तिल वा सानो बीउ जत्रो हुन्छ

  • मुटुको प्रारम्भिक धड्कन सुरु हुन सक्छ

  • मस्तिष्क, स्पाइनल कर्ड र स्नायु प्रणाली बन्न सुरु हुन्छ

  • हात-खुट्टाको प्रारम्भिक भाग विकास हुँदै जान्छ

  • Placenta र Umbilical cord बन्न थाल्छ
    आमामा देखिन सक्ने लक्षणहरू
    महिनावारी रोकिनु
    वाकवाकी वा बिहान बढी असहज महसुस हुनु
    स्तन दुख्ने वा भारी हुने
    थकान बढी लाग्ने
    बारम्बार पिसाब लाग्ने
    यस समयमा ध्यान दिनुपर्ने कुरा
    Folic acid नियमित लिनु
    पोसिलो खाना खानु
    पर्याप्त पानी पिउनु
    धूम्रपान, मदिरा र अनावश्यक औषधि नलिनु
    डाक्टरको सल्लाहअनुसार ANC checkup सुरु गर्नु
    तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने अवस्था
    धेरै रक्तश्राव
    कडा पेट दुखाइ
    चक्कर आउने वा बेहोस हुने