पटक–पटक गर्भ खेर जाने समस्या (Recurrent Miscarriage)

पटक–पटक गर्भ खेर जानु (२ वा बढी गर्भपतन) एक जटिल अवस्था हो, जसले महिलाको शारीरिक र मानसिक स्वास्थ्य दुवैमा असर पार्छ। यस्तो अवस्थामा वास्तविक कारण पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ

गर्भपतन के हो?

  • गर्भ बसेपछि २० हप्ताभित्र गर्भ खेर जानुलाई गर्भपतन भनिन्छ।

मुख्य कारणहरू :

  • क्रोमोजोम समस्या:
    → धेरैजसो केसमा भ्रूणको विकासमा त्रुटि

  • पाठेघरको समस्या:
    → बनावटमा खराबी, fibroid, cervix कमजोर

  • हर्मोन समस्या:
    → थाइराइड, प्रोजेस्टेरोन कमी

  • दीर्घरोग:
    → मधुमेह, उच्च रक्तचाप

  • संक्रमण:
    → प्रजनन अंगका संक्रमण

  • इम्युनोलोजिकल कारण:
    → शरीरले भ्रूणलाई अस्वीकार गर्नु

  • जीवनशैली र उमेर:
    → ३५ वर्ष माथि उमेर
    → धूम्रपान, मद्यपान, अत्यधिक तनाव


महत्त्वपूर्ण कुरा :

  • सामान्य यात्रा वा बाइक बस्दा मात्र गर्भपतन हुने पक्का कारण होइन

  • तर:
    → अत्यधिक हल्ला, थकान, जोखिमपूर्ण अवस्था avoid गर्नु राम्रो


कसरी जोगिने? (Prevention)

  • Preconception checkup:
    → गर्भ अघि स्वास्थ्य जाँच

  • कारण पहिचान र उपचार:
    → हर्मोन, पाठेघर, वा अन्य समस्या

  • फोलिक एसिड सुरु गर्ने:
    → कम्तीमा ३ महिना अघि

  • पौष्टिक आहार:
    → प्रोटिन, आइरन, क्याल्सियम, भिटामिन

  • स्वस्थ तौल कायम राख्ने

  • संक्रमणबाट बच्ने र समयमै उपचार गर्ने

  • धूम्रपान, मदिरा त्याग्ने

  • तनाव व्यवस्थापन गर्ने


कहिले डाक्टर देखाउने? (When to seek care)

  • २ वा बढी पटक लगातार गर्भपतन भएको (Recurrent miscarriage)

  • गर्भावस्थामा:
    योनीबाट रगत बग्ने (bleeding)
    तल पेट दुख्ने वा करकाप हुने

  • ज्वरो, दुर्गन्धित डिस्चार्ज वा संक्रमणका लक्षण देखिएमा

  • दीर्घरोग भएका महिला:
    → मधुमेह, थाइराइड, उच्च रक्तचाप

  • उमेर ३५ वर्षभन्दा बढी भएमा

  • पहिल्यै खराब प्रसूति (past history) भएको
    (जस्तै: repeated miscarriage, stillbirth)


समयमै जाँच र सही उपचारले स्वस्थ गर्भधारण सम्भव हुन्छ।