गर्भावस्थामा कब्जियत (Pregnancy Constipation) भनेको के हो?

गर्भावस्थामा दिसा कडा हुनु, दिसा गर्न गाह्रो हुनु वा सामान्यभन्दा कम पटक दिसा हुनु कब्जियत हो। यो गर्भवती महिलामा धेरै सामान्य समस्या हो।
मुख्य कारणहरू

  • Hormonal परिवर्तन — Progesterone हर्मोन बढ्दा आन्द्राको चाल ढिलो हुन्छ।
  • Iron tablets — फलामका चक्कीले कब्जियत बढाउन सक्छ।
  • गर्भाशय ठूलो हुनु — बढ्दो गर्भाशयले आन्द्रामा दबाब दिन सक्छ।
  • कम पानी पिउनु
  • कम फाइबरयुक्त खाना
  • शारीरिक गतिविधि कम हुनु
    लक्षणहरू:
  • ३ दिन वा बढी दिसा नहुनु
  • कडा/सुक्खा दिसा हुनु
  • दिसा गर्दा धेरै जोर लगाउनुपर्नु
  • पेट फुलेको वा भारी महसुस हुनु
    कसरी रोकथाम/व्यवस्थापन गर्ने?
  • दिनमा ८–१० गिलास पानी पिउनु
  • फाइबरयुक्त खाना (फलफूल, सागसब्जी, दाल, होल ग्रेन) खानु
  • नियमित हल्का व्यायाम/हिँडडुल गर्नु Walking
  • दिसा लाग्दा नरोकिनु

Iron tablet ले धेरै समस्या भए स्वास्थ्यकर्मीसँग सल्लाह लिनु
कहिले तुरुन्त स्वास्थ्यकर्मी भेट्ने?

पेट धेरै दुखेमा
दिसामा रगत आएमा
धेरै दिनसम्म दिसा नभएमा
वान्ता वा अत्यधिक पेट फुलेमा
महत्त्वपूर्ण:
डाक्टरको सल्लाह बिना कुनै laxative (दिसा खुलाउने औषधि) नखानु।