ओभरियन सिस्ट (Ovarian Cyst) के हो?

ओभरियन सिस्ट भनेको डिम्बाशय भित्र बन्ने तरल पदार्थ (पानी वा बाक्लो पदार्थ) भरिएको फोका हो।
धेरैजसो सिस्ट सामान्य (functional cyst) हुन्छन् र आफैँ हराउन सक्छन्।
ओभरियन सिस्ट हुँदा देखिने लक्षण
धेरै महिलामा कुनै लक्षण नदेखिन सक्छ। तर कहिलेकाहीँ:

  • पेटको तल्लो भागमा दुखाइ (एकातिर बढी)

  • पेट फुल्ने वा भारी भएको महसुस

  • महिनावारी गडबडी (ढिलो/छिटो/अनियमित)

  • सहवास गर्दा दुखाइ

  • धेरै ठूलो सिस्ट भएमा पेट डुम्म देखिनु

  • आकस्मिक रूपमा सिस्ट फुटेमा (rupture) अचानक तीव्र दुखाइ
    के यो बिहेसँग सम्बन्धित छ?
    ओभरियन सिस्ट बिहेसँग कुनै सम्बन्ध छैन।
    यो प्रायः प्रजनन उमेर (reproductive age) का महिलामा बढी देखिन्छ, किनभने यो हर्मोन र ovulation सँग सम्बन्धित हुन्छ।
    साना बालिकामा (pre-pubertal) भने धेरै कम हुन्छ।
    किन हुन्छ ओभरियन सिस्ट?
    मुख्य कारणहरू:
    महिनावारी चक्रको क्रममा बन्ने functional cyst (सबैभन्दा common)
    हर्मोन असन्तुलन
    Polycystic Ovary Syndrome
    Endometriosis
    गर्भावस्थामा बन्ने सिस्ट (कहिलेकाहीँ)
    संक्रमण (rare cases)
    के ओभरियन सिस्टले बाँझोपन गराउँछ?

  • सबै सिस्टले बाँझोपन गराउँदैन

  • सामान्य (functional cyst) ले प्रायः असर गर्दैन
    तर
    Polycystic Ovary Syndrome
    Endometriosis
    जस्ता अवस्थाले गर्भधारणमा समस्या ल्याउन सक्छन्।
    ओभरियन सिस्टबाट कसरी बच्ने?
    पूर्ण रूपमा रोक्न सकिने रोग होइन, तर जोखिम कम गर्न सकिन्छ:

  • नियमित स्वास्थ्य जाँच (Ultrasound आवश्यकता अनुसार)
    महिनावारी गडबडी भए तुरुन्त जाँच
    तौल सन्तुलनमा राख्ने

  • स्वस्थ जीवनशैली (exercise, balanced diet)

  • हर्मोन समस्या भए उपचार गर्ने
    कहिले तुरुन्त अस्पताल जाने?

  • अचानक धेरै पेट दुख्ने

  • वाकवाकी/बान्ता संग दुखाइ

  • चक्कर वा बेहोस हुने अवस्था

-यी सिस्ट फुट्ने वा जटिलताको संकेत हुन सक्छन्।यस्तो अवस्थामा ढिला नगरी स्वास्थ्य संस्था जानुहोस्

सन्देश: धेरै ओभरियन सिस्ट सामान्य हुन्छन्, तर लक्षणलाई बेवास्ता नगर्नुहोस्। समयमै जाँच र उपचार नै सुरक्षित विकल्प हो।