Miscarriage (गर्भ खेर जाने) का कारण र रोकथामका उपायहरू

मुख्य कारण (Reason) रोकथाम / के गर्न सकिन्छ (Prevention)
1. Baby को Chromosome समस्या (सबैभन्दा सामान्य कारण) धेरैजसो रोक्न सकिँदैन। गर्भ योजना अघि राम्रो स्वास्थ्य तयारी र आवश्यक परे विशेषज्ञ सल्लाह लिनुहोस्।
2. आमाको Thyroid समस्या (नियन्त्रण नभएको) गर्भ योजना अघि Thyroid जाँच गर्ने र औषधि भए नियमित रूपमा लिनुहोस्।
3. Diabetes (सुगर नियन्त्रणमा नभएको) गर्भ बस्नुअघि र गर्भावस्थामा sugar नियन्त्रणमा राख्ने।
4. पाठेघरको बनावट सम्बन्धी समस्या (Uterine problem/Fibroid आदि) Gynecologist बाट जाँच गराई आवश्यक उपचार/सल्लाह लिने।
5. Hormonal समस्या (केही अवस्थामा) चिकित्सकको सल्लाहअनुसार जाँच र उपचार गर्ने।
6. केही Infection (संक्रमण) आवश्यक स्वास्थ्य जाँच, संक्रमण भए समयमै उपचार गर्ने।
7. Blood clotting समस्या (जस्तै Antiphospholipid syndrome) विशेषज्ञको सल्लाहअनुसार जाँच र आवश्यक उपचार लिने।
8. उमेर बढ्दै जाँदा (Age-related risk) गर्भ योजना गर्दा preconception counseling र नियमित follow-up गर्ने।
9. Lifestyle factors (धूम्रपान, मदिरा, अस्वस्थ बानी) धूम्रपान/मदिरा बन्द गर्ने, स्वस्थ खाना र स्वस्थ जीवनशैली अपनाउने।

आमाको माया सन्देश:

धेरैजसो miscarriage आमाको गल्तीले हुँदैन।
२ पटक वा बढी miscarriage भएको अवस्थामा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरी कारण पत्ता लगाउनु राम्रो हुन्छ।
स्वस्थ pregnancy को लागि गर्भ योजना अघि स्वास्थ्य जाँच, folic acid, पोषण र नियमित follow-up महत्वपूर्ण हुन्छ