Fertile Period (गर्भ बस्ने सम्भावना बढी हुने समय) कसरी पत्ता लगाउने?

Step 1: आफ्नो Period Cycle (महिनावारी चक्र) कति दिनको छ थाहा पाउनुहोस्

  1. सबैभन्दा पहिले महिनावारी सुरु भएको पहिलो दिन (Period को पहिलो दिन) याद गर्नुहोस्।
    —त्यस दिनलाई Day 1 मानिन्छ।
  2. अब अर्को पटक महिनावारी सुरु भएको पहिलो दिनसम्म दिन गन्नुहोस्।
    — यही दिनको संख्या तपाईंको Menstrual Cycle Length हो।

उदाहरण:

  • पहिलो महिनावारी सुरु भयो: 1 January

  • अर्को महिनावारी सुरु भयो: 26 January

गणना:
1 January देखि 26 January सम्म = 25 दिन

- तपाईंको Menstrual Cycle = 25 days


Step 2: Ovulation (अण्डा निस्कने समय) पत्ता लगाउनुहोस्

- सामान्यतया महिलामा अर्को महिनावारी आउनुभन्दा करिब 14 दिन अगाडि Ovulation (अण्डा निस्कने प्रक्रिया) हुन्छ।

सजिलो Formula:
Cycle Length बाट 14 घटाउनुहोस्।

उदाहरण:
यदि तपाईंको Cycle 25 दिनको छ भने:

25 − 14 = 11

- Period सुरु भएको ११औँ दिनमा Ovulation हुने सम्भावना हुन्छ।


Step 3: Fertile Period (गर्भ बस्ने सम्भावना बढी हुने समय) गन्नुहोस्

- Ovulation भएको दिन मात्र होइन, Ovulation भन्दा अगाडिका केही दिन पनि महत्वपूर्ण हुन्छन्।

किनभने:

  • पुरुषको Sperm महिलाको शरीरभित्र करिब ५ दिनसम्म जीवित रहन सक्छ।

  • अण्डा (Egg) निस्किएपछि करिब १२–२४ घण्टासम्म निषेचन हुन सक्छ।

त्यसैले:

- Ovulation भन्दा ५ दिन अगाडिदेखि Ovulation भएको दिनसम्म Fertile Period मानिन्छ।

उदाहरण:
Cycle = 25 days

  • Ovulation = Day 11

  • Fertile Period = Day 6 देखि Day 11 सम्म

यदि Period को पहिलो दिन 1 गते हो भने:

  • Fertile Period = 6 गतेदेखि 11 गतेसम्म

Step 4: गर्भ बसाउने योजना भएमा

-Fertile Period मा हरेक 1–2 दिनको फरकमा यौन सम्पर्क राख्दा गर्भ बस्ने सम्भावना बढ्छ।


याद राख्ने सजिलो तरिका:

  • Period सुरु भएको पहिलो दिन = Day 1
  • अर्को Period आउने दिनसम्म गनेर = Cycle Length
  • Cycle Length − 14 = Ovulation Day
  • Ovulation भन्दा 5 दिन अगाडि देखि Ovulation दिनसम्म = Fertile Period

नोट: यो गणना नियमित महिनावारी हुने महिलाका लागि अनुमान हो। Stress, illness, hormonal changes वा cycle irregular हुँदा Ovulation को समय फरक हुन सक्छ।