१. भ्रूणको विकास
-
तौल: करिब 90–100 ग्राम
-
लम्बाइ: करिब 10–11.5 से.मी.
-
हड्डी र मांसपेशी बलियो बन्दै जान्छन्।
-
बच्चाले हातखुट्टा चलाउन, निल्न (Swallow) र औँला चुस्न सक्छ।
-
अनुहारका अंगहरू थप स्पष्ट बन्दै जान्छन्।
-
बच्चाले बाहिरी आवाजमा प्रतिक्रिया दिन सुरु गर्न सक्छ।
२. आमामा देखिन सक्ने सामान्य परिवर्तन
-
Morning sickness कम हुन सक्छ।
-
भोक बढ्न सक्छ।
-
पेट विस्तारै देखिन थाल्छ।
-
कब्जियत वा छाती पोल्न सक्छ।
-
कम्मर दुख्न सक्छ।
-
सेतो, गन्धरहित योनी स्राव हुन सक्छ।
३. आवश्यक ANC जाँच
-
रक्तचाप
-
तौल
-
पिसाब परीक्षण (Protein/Sugar)
-
रक्तअल्पता (Hemoglobin) आवश्यकता अनुसार
-
भ्रूणको मुटुको धड्कन (Doppler उपलब्ध भएमा)
४. USG
-
यदि पहिलो trimester scan (11–13⁺⁶ weeks) नभएको छ भने चिकित्सकको सल्लाह अनुसार गराउने।
-
18–22 हप्तामा Anomaly Scan गराउने योजना बनाउने।
५. घरमै गर्ने हेरचाह
-
सन्तुलित तथा पोषणयुक्त आहार खाने।
-
स्वास्थ्यकर्मीको सल्लाह अनुसार Iron-Folic Acid (IFA) र Calcium नियमित खाने।
-
पर्याप्त पानी पिउने।
-
दैनिक हल्का शारीरिक गतिविधि गर्ने।
-
पर्याप्त आराम गर्ने।
-
धूम्रपान, मदिरा तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने।
६. तुरुन्त अस्पताल जानुपर्ने अवस्था
-
योनीबाट रगत आउनु
-
पानी बग्नु
-
धेरै पेट दुख्नु
-
धेरै बान्ता भएर खाना वा पानी नरहनु
-
38°C वा सोभन्दा बढी ज्वरो आउनु
-
दुर्गन्धयुक्त योनी स्राव वा धेरै दुखाइ हुनु